प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउँदै बार



न्युज, अफ नेपाल, काठमाडौं ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सशक्त पार्ने भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले आइतबारदेखि साताव्यापी आन्दोलनको घोषणा गरेको हो।

आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ। बारका महासचिव लिलामणि पौडेलका अनुसार सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोधसभा गरिने छ।

संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने । मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने ।

बुधबार १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने बारको तयारी छ। मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गर्ने बारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्