प्राकृतिक छटामा सजिएको माथिल्लो मुस्ताङ (फोटो फिचर)



अपर मुस्ताङ विदेशी पर्यटकका लागि मात्र होइन आन्तरिक पर्यटकका लागि पनि आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ । पछिल्लो पटक नेपाल चीनबीचको सीमा नाका कोरलासम्म सवारी साधनको पहुँच पुगेपछि अहिले त्यस क्षेत्रको भ्रमण गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ ।

दैनिक ४ सयको हाराहारीमा मोटरसाइकल कोरला नाका पुग्ने गरेको छ भने साना सवारी साधन पनि दैनिक २ सय ५० देखि ३ सयको संख्यामा त्यहां पुग्ने गरेको छ । नेपालको अन्य भौगोलिक बनौट भन्दा फरक अपर मुस्ताङको प्राकृतिक सौन्दर्यले आम मानिसको मन तान्ने गरेको छ । पोखराबाट झन्डै २ सय ५२ किलो मिटर यात्रा गरेपछि नाकाको अवलोकन गर्न सकिन्छ ।

मनोरम दृश्यले हरेक मानिसलाई अपर मुस्ताङले आकर्षित गरिरहेको हुन्छ । एक पटक हरेक नेपाली अपर मुस्ताङको मनोरम दृश्य अवलोकन गर्न जाने हो भने आन्तरिक पर्यटनले बढवा पाउने थियो भने त्यहाँको आर्थिक अवस्था अझै मजबुत बन्ने देखिन्छ । म्याग्दीको बेनी देखि जोमसोम सम्मको अत्यास लाग्दो बाटो पार गरेर जोमसोम पुगेपछि भने हरेक मानिस रमाउने गरेको देखिन्छ । हजारौँ वर्ष पुराना गुम्बाहरू रहेको यस क्षेत्रलाई राज्यले उपेक्षित गरेको छ ।

यहाँका मठमन्दिर र गुम्बाको हेरचाह र संरक्षण विदेशी नागरिकहरूले गर्दै आएका छन् । अहिले अपर मुस्ताङ विदेशीहरूको चलखेल गर्ने केन्द्रको रुपमा पनि विकसित हुँदै गएको छ । राज्यको उपस्थिति सीमित रहेको उपर मुस्ताङमा चिनीयाहरुले पनि आफ्नो प्रभाव बढाउदै लगेको देखिन्छ भने अमेरिकन, युरोपिनय र भारतीयहरुको उपस्थित पनि बाक्लो देखिन्छ । यात्राका क्रममा भेटिएका मनोरम दृष्यहरुलाई यसरी कैद गरिएको थियो ।

तस्बिरहरु : दिपक रिजाल 

प्रतिक्रिया दिनुहोस्