प्रदेश २ मा ११ विगहा अवैध गाँजा खेती नष्ट



पर्सा । 

सशस्त्र प्रहरीले सर्लाही र महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा खेती नष्ट गरेको छ ।सशस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डीआईजी गणेश ठाडा मगर नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो ।

एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नम्बर ३ अजम्वरपट्टी, वडा नम्बर ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा ८ विगहा क्षेत्रमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको हो । महोत्तरी जिल्लााका प्रमुख जिल्ला अधिकारीसहित प्रदेश नम्बर २ छिन्नानमस्ता बाहिनीका बाहिनीपति, नम्बर ९ गणका सहायक प्रहरी उपरीक्षक, नेपाल प्रहरीका प्रहरी उपरीक्षक लगायतको प्रहरी टोलीले गाँजा फँडानी तथा बरामद गरी नष्ट गरेको डीआईजी मगरले जानकारी दिए ।

यस्तै, आइतबार सर्लाहीको लालबन्दी नगरपालिका १४ कामिटारमा ३ विगहा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी जनाएको छ ।नम्बर १० गणबाट सहायक प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको नेतृत्वमा ४० जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको नेतृत्वमा २४ जनाको संयुक्त टोलीले गाँजा फडानी तथा बरामद गरी नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्