पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शन



मुगु  । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुगुले  बजार परिक्रमा गरी कृष्ण चोकमा परिणत भई विरोध प्रदर्शन गरेको हो

विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकार विरुद्ध चर्को नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन मागसमेत गरेका छन् । प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका विप्लव कार्यकर्ताले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी मुर्दावाद, दलाल मुर्दावाद जस्ता नारा लगाएका थिए ।

गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकयाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यस विरुद्ध सङ्घर्षमा उत्रिएको बताए ।पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा बिहीबार देशव्यापी प्रदर्शन, कात्तिक, २६ गते प्रचार–प्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा चक्काजाम, २९ गते सिट्ठी जुलुस र मसाल जुलुस गर्ने लेखिएको थियो । सो पार्टीले कात्तिक ३० गते नेपाल बन्द गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्