हवाई भाडा बढ्यो



काठमाडौं (नेस) ।

वायुसेवा सञ्चालकहरूले भाडा बढाएका छन् । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालहरूले आन्तरिक उडानको भाडा वृद्धि गरेका हुन् ।

परिमार्जित फ्युल ‘सरचार्ज’ अनुसार वायु सेवा सञ्चालकहरूले सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपियाँ बढाएका छन् । तर, काठमाडौंबाट हुने पर्वतीय उडानको इन्धनमा लाग्ने शूल्क भने १७० रुपियाँ बढेको छ ।

यसै गरी कम वृद्धि भने डोटी साँफेबगर रुटको रहेको छ । उक्त रुटको हवाई भाडा २० रुपियाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्