खुकुरी रम नयाँ प्याकेजमा



काठमाडौँ, (नेस) ।

गौरवशाली इतिहास बोकेको नेपालको स्थापित र अग्रणी ब्रान्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ ।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी एक विशेष समारोहका बीच विशिष्ट अतिथि तथा सञ्चारकर्मीहरूको समुपस्थिति र विश्वभरबाट जोडिनुभएका ग्राहकहरूको भर्चुअल सहभागितामा २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको हो ।

खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टिलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रूपमा बजारमा उतारेको हो ।

लन्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको देखिएको थियो । भौतिक रूपमा नयाँ प्याकेजिङ सार्वजनिक समारोहमा उपस्थित भएका र अनलाइनमार्फत विश्वभरबाट कार्यक्रममा जोडिएकाहरूले नयाँ प्याक विश्वस्तरीय देखिएको भन्दै तारिफ गर्नुभएको थियो ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरूमाझ रिसर्चसमेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरूको प्रतिक्रिया लिइएको थियो ।

प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरूबाट आएका प्रतिक्रियाहरूलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरू समावेश गरिएका हुन् ।

बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहेकोले कतिपय ग्राहकले बीसौं वर्षदेखि आफूहरूको हृदयमा राज गरेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि राखेको समेत सो क्रममा बताउनुभएको थियो ।

हाल नेपालबाहेक १३ देशको बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो ।

खुकुरी रमको वर्षौंदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षा अनुरूप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरूको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामिछानेले व्यक्त गर्नुभएको छ ।

खुकुरी रम नेपाली गौरवको प्रतिनिधित्व गर्दै नेपालबाट देश विदेशमा गिफ्टका रूपमा सबैभन्दा धेरै लगिने वस्तु पनि हो ।

प्रतिक्रिया दिनुहोस्