प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता



न्युज अफ नेपाल , काठमाडौं ।

भारत भ्रमणमा गएका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गते भारत भ्रमणमा गएका शर्मा गए राति स्वदेश फर्किएका हुन्।

भारत पुगेको भोलिपल्टै प्रधान सेनापति शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षा सचिव अजय कुमार, सीडीएस विपिन रावत लगायतसँग भेटघाट गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्