वाईसिएलका इन्चार्ज तामाङसहित २५० जनाद्वारा पार्टी परित्याग



ललितपुर ।

ललितपुर महालक्ष्मी नगर ९का वाईसिएल इन्चार्ज लगायत २ सय ५० भन्दा धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । ललितपुर सातदोवाटोमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टीको महालक्ष्मी ९ वाईसिएल इन्चार्ज विरमान तामाङ, माओवादी केन्द्रको राष्ट्रिय व्यापार महासंघ सचिवालय सदस्य मोहनकृष्ण तण्डुकार, एमाओवादी महालक्ष्मी नगरसदस्य रामप्रसाद तिमल्सिना महालक्ष्मी नगरसदस्य लगायत २ सय नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका हुन् ।

पार्टी परित्याग घोषणा कार्यक्रममा सहभागी एक युवाले महालक्ष्मी ९ लामाटारका सबै एमाओवादी सम्बद्ध पार्टीका कार्यकर्ताले पार्टी छोडेको बताए । उनले भने, ‘महालक्ष्मी १० लाकुरीभञ्ज्याङका आधाभन्दा धेरै नेता कार्यकर्ताले पार्टी छोडेका छन् ।’एमाओवादी महालक्ष्मीनगरसदस्य तिमल्सिनाले पार्टीमा उचित सम्मन र भूमिका नदिएको जनयुद्धको भावना अनुरुप काम नभएकाले पार्टी परित्याग गरेको बताए ।

कार्यक्रममा नगर वाईसिएल इन्चार्ज तामाङले पार्टी परित्याग गरेको घोषणा गरेको भए पनि कुन पार्टीमा प्रवेश गरेको भन्ने विषयमा खुलाउन चाहेनन् ।यद्यपी पार्टी परित्याग कार्यक्रममा वागमती प्रदेश एमाले कमिटी सदस्य चिरिञ्जिवी आचार्यसहित एमाले निकट पत्रकारहरु समेत नित्याइएको थियो । कार्यक्रममा वागमती प्रदेश एमाले कमिटी सदस्य आचार्यले आइतबार १ बजे लामाटारमा पार्टी प्रवेश कार्यक्रम तय भएको भन्दै निम्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्