सञ्चालनमा आयो ‘हार्ड रक क्याफे’ (तस्वीरसहित)



काठमाडौँ ।

दरबारमार्गस्थित शेर्पा मलमा हार्ड रक क्याफे संचालनमा आएको छ । क्याफेमा प्रख्यात कलाकारहरुको सांगीतिक उपकरणलगाएत उनीहरुद्वारा प्रयोग गरिएका विभिन्न सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।

शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालित सो रेष्टुरेन्टमा २६० जनासम्म अटाउने क्षमता रहेको क्याफे सञ्चालकले जानकारी दिएका छन् । । धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिने सो क्याफेमा १०० जनाले रोजगारीको अवसर समेत पाएका छन् ।

सञ्चालकका अनुसार क्याफेले बिहान ११:३० बाट खुल्ने छ। बिहीबारदेखि शनिबारसम्म भने क्याफे राती २ बजे बन्द हुने जनाइएको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्