देउवा–मोदी द्विपक्षीय वार्ता



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार बेलायतको स्कटल्यान्डमा द्विपक्षीय वार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा आपसी सम्बन्ध र सहयोगको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटमा जलवायु परिवर्तनका साथै कोरोना भाइरसको महामारीका बारेमा छलफल भएको जनाउनुभएको छ । उहाँले ट्विटरमार्फत दुवै प्रधानमन्त्रीबीच महामारीपछिको पुनर्उत्थानमा दुवै देश मिलेर काम गर्ने विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको यो उहाँको पहिलो भेट हो ।

प्रतिक्रिया दिनुहोस्