मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन



मोरङ ।

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि यहाँ आज आह्वान गर्नुभएको छ ।

आह्वानपछि प्रदेश नं १ मा नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा आज बुझाएको छ ।

गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत (समाजवादी)का १०, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको हो ।

प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गर्नुभएपछि सो आह्वान भएको हो ।

प्रतिक्रिया दिनुहोस्