पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा सोमबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४ सय ६८ पीसीआर परीक्षणका क्रममा ४ सय ४१ जना र ४ हजार १ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार ६ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार २ सय ७७ जना निको भएका छन् । हाल ९ हजार ३ सय १८ सक्रिय संक्रमित आइशोलेशन र ११८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्