पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७१४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन् । हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्