बार एसोसिएसन परिसरमा वकिलहरुबीच ‘कुटाकुट’



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बार एसोसिएसन परिसरमा दुई जना अधिवक्ताबीच हात हालाहाल भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्चका इजलास चल्नुपर्ने धारणा राख्दै गरेका बेला अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि हातपात गरेका हुन् ।

केही कानून व्यवसायीले छुट्याउन खोज्दा खोज्दै न्यौपानेले घाँटीमा अठ्याउँदै ठेल्दै लगेर चुँडाललाई गालामा थप्पड हानेका थिए । त्यसपछि चुँडालले पनि न्यौपानेलाई लात्ती हानेका छन् ।

न्यौपानेले पछि पनि झम्टेर फेरि हातपात गरेका प्रत्यक्षदर्शीले बताएका छन् । पछिल्ला केही दिन यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका बारेमा कानून व्यवसायीहरूबीच मत विभाजन छ ।

प्रतिक्रिया दिनुहोस्