गोली प्रहार गरी डाँका गरेको घटनाका मूख्य योजनाकार पक्राउ



महोत्तरी ।

महोत्तरी लालबन्दी नगरपालिका-२ पुनर्वास बिटोल बस्ने ४२ वर्षीय बिश्वनाथ पासवानलाई गोली प्रहार गरी डाँका गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले आफ्नै घरमा संचालन गरेको राजिव ज्वेलर्स सुन चाँदी पसलमा गत असार ३ गते राति आएका व्यक्तिहरूले घरको पर्खाल नाघी प्रवेश गरेर घर परिवारका सदस्यलाई रड तथा वीरेन्द्रलाई कटुवा पेस्तोलबाट गोली प्रहार गरी घाइते बनाई करिब ८ लाख ९७ हजार २ सय रुपैयाँ बराबरको नगद तथा सुनचादीका गहना डाँका गरी लगेको घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोनमा गाउँपालिका-३ रघुनाथपुरबाट पासवानलाई पक्राउ गरेको हो ।

साथै पासवान लुटपाट, बम प्रहार, डाँका तथा हातहतियार, अपहरण तथा शरीर बन्धक, चोरी लगायतका विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुल्न आएको तथा उनीउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्