नेकपाएसका अध्यक्ष नेपालको भव्य स्वागत



विमल विष्ट, काठमाडौं  ।  

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको धनगढी विमानस्थलमा आज भव्य स्वागत गरिएको छ ।

कञ्चनपुरमा नेकपा एसको पार्टी उद्घाटन कार्यक्रमका लागि कैलाली पुग्नु भएका अध्यक्ष नेपाललाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सहितको हजारौँ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेकाथिए ।

नेता नेपालको स्वागतमा सुदूरपश्चिम प्रदेशका मन्त्री तथा नेकपा एसका नेता  कार्यकर्ताहरु सहभागि रहेका थिए ।आज बिहान धनगढी बिमानस्थल पुग्नु भएका अध्यक्ष नेपाललाइ स्वागतका लागि गाउँ गाउँबाट नागरिकहरु स्वस्फूर्त रुपमा बिमान स्थल पुगी स्वागत गरेकामन्त्री आलेका स्वकीय अधिकृत भक्तबहादुर साउँदले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालको स्वागतका लागि बिमानस्थलपुगेका नेता कार्यकर्ताहरुले अब सुदूरपश्चिम नेकपा एस मय भएको बादी समेत गरेकाथिए । कञ्चनपुरको कार्यक्रम सकि नेता नेपाल आजै काठमाडौँ फर्किने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्