संगीतमा माया लाउनै जानिन



गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा माया लाउनै जानिनँँ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। पेसाले इन्जिनियर रहेका गायक बर्तौलाकै शब्द रचना र संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ।

प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाउने माया प्रेम र रोमान्सको कथालाई देखाइएको म्युजिक भिडियोमा टिकटकरद्वय सुधीर श्रेष्ठ र बिना राउतको अभिनय छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने अच्युत बजगार्इंले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्