दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे



काठमाडौ ।

गृह मन्त्री बालकृष्ण खांडले नेपाली कांग्रेस निकटका सुरक्षा निकायका अधिकृतहरुलाई आफुखुसी बिभिन्न ठाउंमा काज सरुवा गरेपछि अहिले संगठन भित्र तीव्र असन्तुष्टि पैदा भएको छ ।

आफ्ना निकट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरुको काज सरुवा गराउन गृह सचिव मार्फत दुवै संगठनका प्रमुखलाई दवाव दिएपछि अवधी नै नपुगेका अधिकृतहरुको सरुवा गरेर आफ्ना निकटका मानिसलाई पठाउन शुरु गरेपछि संगठनमा इमान्दारिताका साथ काम गर्ने अधिकृतहरुको मनोवल गिर्न थालेको छ ।गृह मन्त्री खांडले काठमाडौ प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई सरुवा गरी गृह मन्त्री निकट एसएसपी सुदिप गिरीलाई ल्याउन खोजे पछि बिवाद सतहमा आएको छ ।

श्रीमती मन्जु खांड मार्फत सोसर्फोस लगाउन अहिले दुवै सुरक्षा निकायमा कार्यरत अधिकृतहरु लागि परेपछि संगठनको काम कारवाही समेत प्रभावित भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नियमित रुपमा हुनु पर्ने सरुवा रोकिएको छ ।साउन महिना भित्र हुनु पर्ने सरुवा गृह मन्त्रीको कारण कार्तिकको दोस्रो हप्ता सुरु हुदां समेत हुन सकेको छैन । एक बर्षे अवधी पुगेर सरुवा कुरेर बसेका अधिकृतहरुले नयां बजेट संचालन गर्न पाएका छैनन भने गृह मन्त्री खांडले नेपाल प्रहरीका प्रहरी निरीक्षक देखि एसएसपी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक देखि सशस्त्र प्रहरी उपरीक्षकसम्म गृह मन्त्रीको डाडो निर्देशनमा काज सरुवा निकालिएको छ ।दुवै संगठनका प्रमुखलाई समेत वेवास्था गर्दै अधिकृतहरुको चलखेलका कारण दुवै महानिरीक्षक हैरानीमा परेको गृह मन्त्रालयका एक उच्च अधिकारीले न्युज अफ नेपाललाई जानकारी दिए ।ती अधिकारी भन्छन– खुम बहादुर खड्काका नातेदार नेपाल प्रहरीका डिएसपी बिश्व खड्कालाई प्रहरी बृत्त दरवारमार्गमा काज सरुवा गरिएको छ ।

बालजु र इलाका प्रहरी कार्यालय बुटवलमा समेत गृह मन्त्री खांडले आफ्ना निकट दुई डिएसपीको काज सरुवा गराएका छन ।
त्यस्तै सशस्त्र प्रहरी बलमा पनि केही अधिकृत शक्ति केन्द्रको पावर लगाएर आफुले रोजेको क्षेत्रमा काज सरुवा निकाल्न सफल भएका छन ।
सशस्त्र प्रहरी निरीक्षक कृष्ण अर्याल गृहमन्त्रीको डाडो आदेशमा नवलपरासीको बोर्डर आउटपोष्ट डण्डामा काज सरुवा गराउन सफल भएका छन । त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया र शंकर खनालले लामो समयदेखि शक्ति केन्द्र प्रयोग गरेर गण कमाण्ड गर्दै आएका छन ।

एसपीमा बढुवा भएपछि खनियाले नवलपरासी, डोटी, रुपन्देही र सर्लाहीको लगातार गण कमाण्ड गर्दै आएका छन । पछिल्लो पटक सर्लाहीको गणपतिमा काज सरुवा निकालेका खनियांले संगठन प्रमुखलाई नै वाइपास गरेको भन्दै संगठनभित्र तीव्र असन्तुष्टि पैदा भएको छ । पटक पटक बिवादमा तानिएका खनियाले आकर्षक गणको कमाण्ड गर्दै आएका छन ।
त्यस्तै अर्का एसपी शंकर खनाल पनि शक्ति केन्द्रको सोर्सफोर्स लगाएर रुपन्देही सरुवा हुन सफल भएका छन । उनी जहां बस्यो त्यही बिवादमा पर्दै आएका छन । सशस्त्र प्रहरी बलको केन्द्रिय कार्यदलको गणपति भएका खनाल त्यहां काम गर्न नसकेको भन्दै उनीमाथि प्रश्न उठेको थियो ।

आफुलाई बिभिन्न शक्ति केन्द्रको आर्शिवाद रहेको बताउदै आएका खनालले पछिल्लो पटक आकर्षक मानिने २७ नम्वर गण रुपन्देहीमा काज सरुवा निकाल्न सफल भएका छन । त्यहां कार्यरत एसपी राजेश उप्रेती ७ महिनामा नै फिर्ता भएका छन । खनालले यस अघि पनि शक्ति केन्द्रको सोर्स लगाएर रुपन्देहीमा नै काज सरुवा निकालेको भएपनि उनलाई उछिनेर भरत खनिया उक्त गणको गणपति भएर गएको भएपनि एमाले नेता बिष्णु पौडेलमाथि रुपन्देहीमा भएको ढुंगामुढा काण्डमा कमाण्ड गर्न नसकेको भन्दै फिर्ता बोलाएपछि खनियाको ठाउंमा उप्रतीको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्