नेपालमा पानीको फोहोराबाट बोसो हटाउने प्रविधि सञ्चालन



काठमाडौं ।

नेपालमा पहिलो पटक काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकमा विश्वकै पहिलो पानीको फोहोरा प्रयोग गरि पेट, कम्मर, तिघ्रा, हात र घाँटीबाट बोसो हटाउने प्रविधि लिपोसक्सन सञ्चालनमा आएको छ । सो प्रविधि विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्ति कर्ता “दमल्ल इङ्क” ले ल्याएको हो ।

लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटी जस्ता अन्य विशिष्ट अंगहरूबाट बोसो हटाउन सक्शन प्रविधि प्रयोग गर्दछ । यो नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाहको प्रयोग गर्दछ ।  “यस बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रिया मात्र दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ ।” हेल्दीच्वाइस क्लिनिकका डा उदिप श्रेष्ठ भन्छन्, “यस केन्द्रमा प्रयोग हुने विश्वको उत्कृष्ट उपकरणहरूले उच्च दक्षता सुनिश्चित गर्दछ र पेट, कम्मर, भित्री तिघ्रा, बाहिरी तिघ्रा, घुँडा, बाछो, पीठ, हात, चिन जस्ता अंगहरूबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।”

“यो जर्मन प्रविधिबाट बनेको उपकरण हो । यसले पहिलेको प्रविधि भन्दा राम्रो परिणाम दिन्छ । अल्ट्रासोनिक जस्ता अन्य प्रविधीले बोसो पगाल्नको लागि धेरै उच्च गतिमा कम्पन हुने सुईको प्रयोग गरिन्छ । यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ ।  यस बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउदैन । वाटर–जेटको प्रवाहमिलाउन सक्ने हुनाले रक्तश्रापलाई पनि कम गर्द।  घाँउ हुन तथा शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाई रहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ,”द मल्ल इन्कका प्रबन्ध निर्देशक सजल मल्ल भन्छन् । द मल्ल इन्क नेपालमा लेजर प्रविधीभित्राउने मुख्य आपूर्ति कर्ता हो र यस कम्पनी अल्मा लेजर नामकविश्वकै अग्रणी स्थानमा रहेको लेजर प्रविधी कम्पनीको नेपालका लागि एकमात्र आयात कर्ता हो । दमल्लग्रुप यस क्षेत्रमाबिगत २८ वर्ष देखि सक्रिय छ ।

मल्लले यो प्रविधि सञ्चालनमा ल्याएकोमा द हेल्दी चोईस क्लिनिकका डा उदिप श्रेष्ठलाई बधाई दिएका छन् । हामी उनको क्लिनिकमा छिट्टै थप नयाँ प्रविधिहरू उपलब्ध गराउने छौं किनभने हाम्रो ध्येय र परिकल्पना एउटै छ ।  साथै हामी हाम्रो देश नेपालमा थप नयाँ प्रविधिहरू भित्राउन चाहन्छौँ। स्वास्थ्य क्षेत्रको विकासका सुनिश्चित छ ।”क्लिनिकका स्वास्थ्यकर्मीहरूलाई भारतका डाक्टर सन्दिप जैनले प्रशिक्षण दिएका हुन् । उनीले शल्यक्रियामा स्नातकोत्तर डिग्री हासिल गरेका छन् र विगत आठ वर्षभन्दा बढी समयदेखि यस प्रविधिबाट सेवा प्रदान गरिरहेका छन् । उनले लण्डनबाट यस प्रविधीका लागि सर्टिफिकेट पनिप्राप्त गरेका छन् । डाक्टर जैन सैफी, ब्रीच क्यान्डी, भाटिया र वोकहार्टसहित भारतका धेरै अस्पतालहरूमा संलग्न छन् ।

 

https://www.humanmed.com/en/products/body-jet/

प्रतिक्रिया दिनुहोस्