थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्ल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देशभर ९ हजार ७७१ नमूनाको पीसीआर र २ हजार २४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआर विधिबाट ५६९ र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको हो। मन्त्रालयका अनुसार म्रंगलबार थप ६ सय २२ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्