चौरासी व्यञ्जन पुस्तक बजारमा



काठमाडौं (नेस) ।

कान्ति राणा सिंहको ‘चौरासी व्यञ्जन’ पुस्तक बजारमा आएको छ ।

‘चौरासी व्यञ्जन’ पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता लोक भक्त राणाले भन्नुभयो–‘यो पुस्तकमा शाकाहारी, मांसाहारी, व्रत बसेको समयमा खाने खाना, बिरामीले खाने खाना लगायतका समग्र परिकार बनाउने तरिकाबारे उल्लेख गरिएको हुँदा पुस्तक सबैका लागि उपयोगी छ ।’

यस्तै’ यो एउटा किताब किताब मात्र नभई समग्र सल्याणी र राणाको संस्कृति नै रहेको डा. देउवाले बताउनुभयो । यस्तै, कान्ति राणा सिंहले उक्त पुस्तक लकडाउनको समयमा रचना गरेको उहाँले बताउनुभयो । ‘सानैदेखि आमाले बनाउनुभएका विभिन्न परिकारहरू हेर्दै हुर्किएँ ।

यस्ता परिकार बनाउने विधिलाई डक्युमेन्टको रूपमा संग्रह गर्ने इच्छा र भावी सन्ततिलाई उक्त परिकारको ज्ञान दिने उद्देश्यले नै यो पुस्तकको रचना गरेकी हुँ ।

प्रतिक्रिया दिनुहोस्