नेहा बनिन् च्याम्पियन



न्युज अफ नेपाल, पोखरा ।

नेहा बानु पोखरामा सम्पन्न पावर लिफ्टिङको च्याम्पियन बन्न सफल भएकी छिन् । उनले आफ्नो तौल भन्दा ५.७ गुणा बढि तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् । च्याम्पियन बनेसंगै उनले नगद ८० हजार रुपैँया सहित बेल्ट समेत हात पारिन् । ५९ किलो २ गा्रमकी उनले समग्रमा ३ सय ४१ किलो तौल उचालेकी हुन् ।

उनले शर्मिला शाहलाई पछि पार्दै च्याम्पियन बन्न सफल रहिन् । ८१ किलो ३ ग्रामकी शर्मिलाले कुल ३ सय ६५ किलो तौल उचालिन् । गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको च्याम्पियनसिपमा नेहाले ६० केजी तौल समुह मुनि समेत विजेता बनिन् ।

उनले ब्रेन्च प्रेसमा ७० किलो, स्क्वाटमा १ सय २८ किलो र डेडफिटमा १ सय ४३ किलोको तौल उचाल्दै विजेता बनिन् । उनले ६० वर्ष मुनि विजेत हुदाँ २५ हजार रुपैँया सहित ट्रफि र मेडल हात पारिन् । उक्त समूहमा पुनम तामाङ दोस्रो भइन् । उनले ब्रेन्च प्रेसमा ६० किलो, स्क्वाटमा १२३ किलो र डेडफिटमा १४० किलो गरी कुल ३२३ किलो तौल उठाइन् ।

उनले नगद १५ हजार रुपैँया, ट्रफि र मेडल हात पारिन् । तेस्रो बनेकी ज्योती थापाले ब्रेन्चप्रेसमा ६५ किलो,स्क्वाटमा ११५ किला र डेडफिटमा १३८ किलो तौल उचालिन् । उनले १० हजार रुपैँयाको साथमा मेडल र ट्रफि प्राप्त गरिन् ।

उता ६० किलो तौल समूहभन्दा माथिको प्रतिस्पर्धामा शर्मिला शाह प्रथम हुन पुगिन् । उनले बेन्चप्रेसमा ७० किलो, स्क्वाटमा १४७ र डेडफिटमा १४८ किलो सहित कुल ३६५ किलो तौल उठाउँदै २५ हजार रुपैँयाको साथमा ट्रफि र मेडल हात पारिन् ।


यस्तै सिमा गुरुङले बेन्चप्रेसमा ६५ किलो, स्क्वाटमा १४३ र डेडफिटमा १५३ किलो तौल सहित समग्रमा ३६१ किलो तौल उठाउँदै दोस्रो स्थानमा रहिन् । उनले १५ हजार रुपैँया, ट्रफि र मेडल हात पारिन् ।

कोमल थापाले बेन्च प्रेसमा ५० किलो, स्क्वाटमा १३८ किलो र डेडफिटमा १२० किलो तौल उठाउँदै तेस्रो स्थानमा रहिन् । उनले १० हजार रुपैँया तथा ट्रफि र मेडल हात पारिन् । च्याम्पियनसिपमा ६० किलो तौल समूह मुनी ८ र ६० किलो माथि तौल समूहमा ६ जनागरी कुल १४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्