स्याङ्जामा ज्वरो र डाइरियाँको विरामीलाई बेटाडिन



अमृत अर्याल, स्याङ्जा ।

मौसममा आएको परिवर्तनसँगै स्याङ्जामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पताल स्याङ्जाका निमित्त प्रमुख बिष्णु सुवेदीले भन्नुभयो, ‘केही दिनयता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको र उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरो र रुघाखोकीका छन् ।’

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने गरेको भीरकोट स्वास्थ्य शाखाका प्रमुख नारायण बन्धु अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरै ज्वरो र रुघाखोकीका आएका छन् ।” मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका अर्यालको भनाइ छ । “निषेधाज्ञा खुकुलो भएको छ, बजार क्षेत्रमा भीडभाड बढ्यो, मास्क लगाउनेको संख्यामा कमी आएको छ, यसले पनि ज्वरोका बिरामी बढेका हुन्”, उहाँले भन्नुभयो, “मौसम परिवर्तन भएको छ, अहिलेसम्म पनि निरन्तर वर्षा भइरहेको छ, दूषित पानीको प्रयोगले पनि यो समस्या आएको हो ।”यसै क्रममा जिल्लाको अर्जुन चौपारी गाउपालिकामा स्वास्थ्यर्मीको चरह लापरवाहि देखिएको छ । अर्जुन चौपारी ६ तमुखबारीका ज्वरो र डाइरियाका बिरामी ५ बर्षिय अदिप ढकाललाई बेटाडिन दिएर स्वास्थ्यमा चरम लापरबाही गरिएको देखिएको हो ।

तमुखबारीमा रहेको गाउँघर क्लिनिकमा छोरालाई ज्वरो आाएपछि चेकजाचँ गर्दा काटेको ठाउँमा लगाउने औषधी बेटाडिन दिएको बच्चाका बाबु डिल्लीराम ढकालले बताउनुभयो । दरौ स्वास्थ्य चौकीबाट गाउँघर क्लिनिकमा अहेब भेषराज अधिकारी र स्वयंसेविका गिता पौडेल उपचारको लागि आएको र ज्वरोको औषधी बेटाडिन दिएको ढकालले बताउनुभयो । छोरालाई बल गरि गरि पहिलो पटक औषधी खुवाउदाँ उल्टि गरेको र दोस्रो पटक खुवाउदाँ तितो भएको बताएपछि आफुले पनि चाख्दा तितो भएको बताउदै ढकालले स्वास्थ्य प्रमुख कोमल राज ढकालकोमा पुग्दा सत्यता पत्ता लागेको बताउनुभयो । स्वास्थ्य प्रमुख ढकालले औषधीको बाहिरी खोल च्यातेर औषधी नखुवाउन भनेको ढकालले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा चरम लापरबाही हुदाँ पनि सामान्य कुरा भएको बताउने वडा स्वास्थ्य प्रमुख ढकाल प्रति पनि बिरामीको आफन्तको गुनासो छ ।

बेटाडिन खादाँ धन्न छोराको ज्यान नगएको बताउदै ढकालले स्वास्थ्य प्रमुखले अन्य ठाउँमा यहि घटना समाधान गर्न दबाब दिएको बताउनुभयो । बच्चाले बेटाडिन खाएपछि थप बिरामी भएको बताउदै ढकालले जिल्लामा लगेर औषधी गरको र अवस्था सामान्य रहको जानकारी दिनुभयो । बिरामीलाई चरम लपरवाहि गर्ने स्वास्थ्य प्रमुख, अहेब र स्वयंसेवीकालाई कारबाहीको लागि पिडित पक्षले उजुरी गरेका छन् । गाउँपालिकामा उजुरी गर्न आएको ढकालले गाउँपालिका स्वास्थ्य प्रमुख इश्वर केसीलाई औषधी देखाउदाँ सिटामोल दिनु पर्नेमा बेटाडिन दिएर अहेबले गल्ती गरेको केसीले बताउनुभयो । उहाँले छानबीन गरि आवश्यक कारवाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्