महाकाली करिडोरको १ सय ६० किलोमिटर ट्रयाक खुल्यो



???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

किरन धामी, दार्चुला ।

महाकाली करिडोरअन्तर्गत पर्ने महाकाली लोकमार्गको हालसम्म १ सय ६० किलोमिटर ट्रयाक खुलिसकेको छ । कञ्चनपुरदेखि शुरू भइ दार्चुलाको तिङ्करसम्म जोड्ने लोकमार्गको कुल ४ सय २५ किलोमिटरमध्ये हालसम्म १ सय ६० किलोमिटर सडकको ट्रयाक खुलेको महाकाली लोकमार्ग ९दार्चुला टिङ्कर सडक० योजनाका प्रमुख आशुतोष कर्णले जानकारी दिनुभयो ।

लोकमार्गको दार्चुला क्षेत्रमा ९०, बैतडीमा ५७ र डडेल्धुरामा १३ गरी हालसम्म १ सय ६० किलोमिटर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो । बाँकी रहेको २ सय ६५ किलोमिटरमध्ये ८७ किलोमिटर नेपाली सेनाले र १ सय ७८ किलोमिटर सडक कार्यालयबाट टेन्डर आह्वान गरी निर्माण गरिने उहाँको भनाइ छ । १ सय ८७ किलोमिटरमध्ये १ सय २४ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागि सकेको तथा बाँकी ५४ किलोमिटर सडक निर्माणका लागि ठेक्का लाग्न बाँकी रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा ३५ देखि ४० किलोमिटर सडकको नयाँ ट्रयाक खोलिने तथा ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतको काम गर्ने योजना रहेको योजना प्रमुख कर्णले जानकारी दिनुभयो । ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको तथा कञ्चनपुर र डडेल्धुरा क्षेत्रको लोकमार्गमा सडक कटिङको काम गर्ने, बैतडी र दार्चुलामा ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतका साथै नयाँ ट्रयाक समेत निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

कुल ४ सय २५ किलोमिटर लम्बाई रहेको यो सडकको ८७ किलोमिटर क्षेत्रमा नेपाली सेनाले निर्माण थालेको छ । दार्चुलाको ब्यास गाउँपालिका–२ कोठेधारबाट तिङकरसम्मको ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएर काम थालेको हो । लोकमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा १ अर्ब ३ करोड बजेट प्राप्त भएको बताइएको छ । जसमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपियाँ प्राप्त भएको छ भने बाँकी कार्यालयलाई प्राप्त भएको उहाँले बताउनुभयो । नेपाली सेनाले यो वर्ष ७ किलोमिटर ट्रयाक खन्ने जनाइएको छ ।

यसैबीच निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्ष २०७८/७९ मा ६ वटा नयाँ मोटर पुल निर्माण हुने भएका छन् । यो लोकमार्गको डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा गरी ६ वटा मोटर पुल निर्माणका लागि यस वर्ष ठेक्का लाग्ने योजना प्रमुख कर्णले जानकारी दिनुभयो । डडेल्धुराको घट्टे र ठुलीगाड खोलामा २, बैतडीको निलगाड र कसानी खोलामा २ र दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ गरी जम्मा ६ वटा मोटर पुल निर्माणका लागि ठेक्का लाग्ने उहाँले बताउनुभयो । आर्थिक वर्ष २०६५/६६ देखी शुरू भएको योजनाले सडक निर्माणमा हालसम्म खासै गति लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्