मदिरा उद्योगमाथि राजस्वको निगरानी



??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

यमलाल भुसाल, बुटवल ।

ठूलो परिमाणमा अन्तःशुल्कको नक्कली स्टिकर बरामद भएपछि राजस्व अनुसन्धान कार्यालयले अनुसन्धानमा तीव्रता देखाएको छ । कार्यालयले नक्कली स्टिकरको प्रयोग गरिएको आशंकामा मदिरा उद्योगहरूमाथि अनुसन्धान बढाएको छ ।

राजस्व अनुसन्धान कार्यालयले तिलोत्तम नगरपालिकामा रहेको क्रिस्टल बोटलर्सपछि माउन्ट एभरेस्ट डिस्टिलरीलाई अनुसन्धानको दायरामा तानेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले सो उद्योगमा चेकजाँच गरी उद्योगसँग सम्बन्धित कागजात र कम्प्युटर नियन्त्रणमा लिएको कम्पनीका सञ्चालक प्रविन्द्र गोविन्द श्रेष्ठले पुष्टि गर्नु भएको छ । उहाँले राजस्व अनुसन्धान कार्यालय बुटवलको टोली नक्कली स्टिकरको बिषयमा अनुसन्धान गर्न र नियमित चेकजाँचको क्रममा आफ्नो उद्योगमा आएको बताउनुभयो ।

‘अहिले बजारमा नक्कली स्टिकरको घटना चर्चामा छ । यस विषयमा अनुसन्धान हुनु स्वाभाविक हो ।’ श्रेष्ठले भन्नुभयो–‘यसै विषयमा राजस्व अनुसन्धान कार्यालय उद्योगमा आएको थियो । हामीले सहयोग गर्दै सबै हिसाब किताब स्पष्ट पारेका छौं ।’ श्रेष्ठले थप अनुसन्धानको सिलसिलामा उद्योगका कागजपत्र र कम्प्युटरसाथै लगेको बताउनुभयो । कागजपत्र र कप्युटर फिर्ता नआएसम्म भने उद्योगको उत्पादन बन्द रहने उहाँले जानकारी दिनुभयो ।

रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तःशुल्क स्टिकर बरामद गरेको थियो । लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्