२० बोरा सुपारी बरामद



काठमाडौं, (नेस) ।

भारततर्फ तस्करी हुन लागेको एक हजार किलो टुक्रा सुपारी सशस्त्र प्रहरी बलले रुपन्देहीको सिद्धार्थ नगरनगरपालिकास्थित भुजौलीबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल २७ नम्वर गणबाट खटिएको टोलीले उक्त सुपारी बरामद गरेको सो गणका गणपति एसपी राजेश उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० वटा बोरामा लुकाएर राखेको अवस्थामा उक्त सुपारी बरामद भएको हो । ६ लाख रुपियाँ बराबरको उक्त सुपारी कहाँबाट कटिङ भएर ल्याइएको हो भन्ने बारेमा खोजविन भइरहेको एसपी उप्रेतीले जानकारी दिनुभयो । एसपी उप्रेतीले उक्त गणको कमान्ड सम्हालेपछि चोरी निकासीमा नियन्त्रण आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्