उद्योग व्यापार संघले सामूहिक लगानीमा कृषि उद्यम गर्ने



बुटवल, (नेस) ।

उद्योग व्यापार संघ बुटवलले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने लगायतका योजना पारित गरेको छ ।

कपिलवस्तुको बाणगंगा–३ राजापानीमा सम्पन्न दुई दिने कार्यशालाले उद्योगी–व्यवसायीलाई सीपमूलक तालिम दिने प्रस्तावसमेत पारित गरेको छ । यस्तै औद्योगिक प्रदर्शनी तथा सांस्कृतिक महोत्सवको तयारी, संघमा आबद्ध उद्योगी व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता तथा कोरोना नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना पारित भएको छ । यस्तै मौद्रिक नीति, राजस्व, भन्सार, आयकरसम्बन्धी गोष्ठी र सेमिनार गरी उद्योगी व्यवसायीलाई जानकारी गराउने योजना पनि पारित गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्