अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेड



काठमाडौँ , (नेस) ।

अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादिते अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणिकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

सरकारद्वारा औपचारिक रुपमा प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ । ‘हालसम्म ३३ ग्रेड सहरको मान्यता पाइरहेको उत्पादनलाई ४३ ग्रेडको प्रमाणिकरणले आम उपभोक्तालाई प्रयोग गर्न थप निश्चिन्त बनाउनेछ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताउनुभयो । गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

क्लिंकर, ओपिसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आईपीओमा जाने तयारी शुरु गरिसकेको जनाएको छ । २०७५ सालदेखि आºनो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा सञ्चालित छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको दाबी गरेको छ ।

‘सर्वसाधारणको लागि शेयर खुलाउने विषयमा तयारी अगाडि बढाइ रहेका छौँ,’ कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भन्नुभयो–‘अहिले ठ्याक्कै मिति तोक्न नसकेता पनि अर्को आर्थिक वर्षभित्र सर्वसाधारणलाई शेयर जारी गरिसक्ने हिसाबले काम अगाडि बढाइरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्