उद्योग बाणिज्य संघको अधिवेशन स्थगित



कास्की, (नेस) ।

लेखनाथ उद्योग बाणिज्य संघको भदौ १८ र १९ गतेका लागि तोकिएको १३औं अधिवेशन अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ ।

चुनाबी प्रक्रियादेखि अधिवेशनमा धेरै जनाको उपस्थिति हुन सक्ने र कोरोनाको महामारी विद्यमान रहिरहेको अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा अर्को सूचना नआउँदासम्मका लागि रोकिएको हो । यसअघि संघको निर्वाचनको कार्यक्रमअन्तर्गत उमेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको थियो। अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निविरोध भइसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा पनि मेघराज पौडेल निविरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्