गाउँघरमा डाक्टर कहिले ?



सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दै छ भन्दै नेताले रटान लगाइरहेको पनि धेरै भइसक्यो । गाउँमा आधारभूत विकास निर्माणसँगै स्वास्थ्यका कुरा पनि व्यापकरुपमा उठेका थिए ।

अहिलेसम्म उपत्यका र शहरी क्षेत्रमा थुप्रिएका डाक्टरहरुलाई गाउँ केन्द्रित गर्ने कार्यक्रम लागू भएन । घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुग्नुपहिले डाक्टरलाई गाउँ जाने वातावरण मिलाउन जरुरी छ । सरकारी तथ्यांकअनुसार संयीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पु-याउन ३ हजार हाराहारीमा डाक्टर नपुग्ने बताइन्छ ।

हजारौंको संख्यामा विशेषज्ञ डाक्टर दर्ता भइसकेको भए पनि अधिकांश काठमाडौं, शहरी क्षेत्र र विदेशमा रहेका छन् । ग्रामीण क्षेत्रमा अत्यावश्यकीय विशेषज्ञ चिकित्सक अत्यन्तै न्यून छन् । यसमा सरकारी ध्यान जान जरुरी छ ।
– अनिल कार्की, वैतडी ।

प्रतिक्रिया दिनुहोस्