काठमाडौं महानगरले ५० वर्षमाथिका व्यक्तिलाई आज भेरोसेल खोप लगाउँदै



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आज ५० वर्षमाथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ।

आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम रहेको छ । नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ।

महानगरले भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाउने तयारी हो ।

प्रतिक्रिया दिनुहोस्