कांग्रेस पनौतीको सभापतिमा भण्डारीको उम्मेदवारी



न्युज अफ नेपाल, पनौती ।

काग्रेसको अधिवेशन नजिकिएसँगै नेतृत्व लिन आकांक्षी गरेका नेताहरुले आफ्नो उमेद्वारी घोषणा गर्न थालेका छन् । क्रियाशिल सदस्यता विवादका कारण निर्धारित समयमा तल्लो तहको अधिवेशन हुन सम्भावना टर्दै गएपनि आकाक्षी नेताहरु भने आफ्नो तयारीलाई तिव्र बनाइरहेका छन् ।

यहि श्रावण १२ गते देखि तल्लो तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरेको काग्रेसले क्रियाशिल सदस्यता विवाद टुङ्गाउन नसकेपछि श्रावणको अन्तिम साता देखि अधिवेशन गर्नेगरि कार्यतालिका हेरफेर गर्ने तयारी भैरहेको छ ।

काभ्रे जिल्लाको एतिहासिक नगरको रुपमा परिचित पनौती नगरमा वर्तमान सभापति रामशरण भण्डारीले नगर सभापतिमा पुनः दोहो-याउने घोषणा गर्नु भएको छ । स्थानीय निर्वाचनबाट समेत नगरको नेतृत्व गरि पनौतिको समग्र विकास गर्ने रणनीतिका साथ उहाले सभापतिमा पुनः दोहो-याउन लाग्नु भएको हो ।

पार्टीको तर्फबाट भण्डारीलाई पनौती नगरको जिम्मा दिन केन्द्रय सदस्य शिवप्रसाद हुमागाई, प्रतिनिधिसभा क्षेत्रीय सभापति तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा लगाएतका नेताहरुको तयार रहेको बताइएको छ । राष्ट्रिय राजनीति समेत फरक धारमा अघि बढिरहेको सनदर्भमा ‘म पार्टीका सबै साथिहरुलाई समेटेर बलियो र एकिकृत काग्रेस बनाउने छु’ नेता भण्डारीले भन्नुभयो ।

पनौती नगरमा २ हजार ५ सय भन्दा बढी क्रियाशिल सदस्य छन् । काग्रेस तल्लो तहको अधिवेशनमा नेतृत्वको चयन क्रियाशिल सदस्यहरुको प्रत्यक्ष मतदानद्धारा हुनेगर्छ । पनौती नगरमा अघिल्लो स्थानिय निर्वाचनमा काग्रेसले ६ वटा वडामा मात्र नेतृत्व पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्