बेला हदिदको घाँटीमा अजीवकोे हार



मोडल तथा अभिनेत्रीहरू अक्सर आफ्नो फरक लुक्स र फेसन स्टाइलका कारण सबैको ध्यान आफूतिर तान्न चाहन्छन्।अभिनेत्रीहरू चर्चामा आउनका लागि पनि बेला-बेलामा अजीव खालका कपडा, गरगहना लगायतका फेसनको प्रयोग गरेर चर्चामा छाइरहेका हुन्छन्। हालै सम्पन्न कान्स फिल्म फेस्टिभलमा पनि एक अभिनेत्री अजीव आउटफिटमा प्रस्तुत भएकी छिन्

। हालै सम्पन्न भएको कान्स फिल्म फेस्टिभलमा मोडेल तथा अभिनेत्री बेला हदिदले कालो रंगको कपडामा लगाएको हारका कारण दुनियाँभरि उनी चर्चाको विषय बनेकी छिन्। उनले लगाएको सुनौलो रङको फोक्सो आकारको हारले विशेष चर्चा बटुलेको छ। घाँटीबाट तल झरेर फोक्सो आकारको उक्त हारले उनको स्तनलाई छोपेको देखिन्छ। केवल २४ वर्षकी बेला आप्mनो लुक्स र गहनाका कारण सबैको ध्यान आफूतिर तान्न सफल भएकी छिन्। हाल अनौठो डिजाइनको हार लगाएकी उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्