ज्वाला संग्रौलासहित ३ जना प्रहरी नियन्त्रणमा



न्युज अफ नेपाल, काठमाडौं ।

सामाजिक अभियन्ता ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा एक महिलामाथि कुटपिट गरेको अभियोगमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय छन् ।

खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुस्बुमाथि गत जेठ १६ गते गौशाला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्