अन्तरिक्षमा स्याटलाईट पठाउने टोलीमा सरु श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदरल्याण्डस्को ‘द हेग’ मा बसोबास गर्दै आएकी छिन्।

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्षमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ( Andre Kuipers )अध्ययन गरेको नेदरल्याण्डस्को ‘टि यु देल्फ्त’ विश्वविद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग (Aerospace Engineering) अन्तर्गत अन्तरिक्ष ( Space Exloration) बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व विद्यालय कै एक उत्कृष्ट विद्यार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन् ।

अन्तरिक्ष यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्षमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्षमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुलकी नागरिक बन्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्