उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने



न्युज अफ नेपाल , काठमाडौं।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज बस्दै छ ।कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरिएको छ। निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ ।

उपत्यकामा निषेधाज्ञा लगाइए पनि सडकमा सवारीसाधनको भीड देखिएको छ । यस्तै, सर्वसाधारण पनि अन्य लडकाउनका दिनका तुलनामा उल्लेख्य रुपमा घरबाहिर देखिएका छन् । प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यकबाहेक सबै सेवा र व्यापार व्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा बन्द गर्ने निर्णय गरेको थियो ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय र चिडियाखाना चलाउन पनि निषेध गरिएको छ । साथै, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा पनि बन्द गर्ने प्रशासनले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्