संसद विघटनविरुद्ध भोलि सर्वोच्च जाने विपक्षी गठबन्धनको निर्णय



न्युज अफ नेपाल, काठमाडौँ ।

विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि विपक्षी दलले अदालत जाने निर्णय गरेको हो ।

आइतबार सांसदको हस्ताक्षर संकलन गर्न समय लाग्ने भएपछि सोमबार विहानै १० देखि ११ बजेभित्र अदालत जाने निर्णय भएको स्रोतले जनाएको छ । विघटनविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल समूहका सांसदले हस्ताक्षर गरेका छन् ।

गठबन्धनको निर्णय अनुसार हस्ताक्षर संकलन गरिएका १४९ जना सांसदले व्यक्तिगत रुपमा रिट दायर गर्ने छन् । त्यस्तै, १४९ जना सांसदमध्ये २० जना एमालेकै नेपाल समूहका सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्