एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेभित्र जुटेको सहमतिको मापदण्ड तयारी गर्न सिंहदरबारमा आज कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।

कार्यदलमा रावल, नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन् ।

गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच एमालेलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ । त्यसका लागि २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पनि जुटेको छ ।गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी छोडेर आउनेहरुलाई ओलीले एमाले केन्द्रीय कमिटीमा मनोनित गर्दै महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्