एजमीद्वारा म्यारलिनमाथि बलात्कारको आरोप



चर्चित अमेरिकी सिरिज गेम अप थ्रोन्सकी अभिनेत्री एजमी बिआनले अमेरिकी गायक म्यारलिन म्यानसनमाथि सनसनीपूर्ण आरोप लगाएकी छिन्।

बिआनले सन् २०११ को आसपासमा म्यारलिनले आफूमाथि धेरै पटक कुटपिट र बलात्कार गरेको आरोप लगाएकी छन्। ‘म्यालिनले मलाई लागुऔषध खुवाएर पटक—पटक ममाथि शारीरिक एवं मानसिक टर्चर गरेका थिए उनले एक अन्र्तवार्तामा भनेकी छिन्। बिआनले म्यानसनविरुद्ध लिखित उजुरीसमेत दर्ता गराएकी छिन्।

ब्रिटिश मूलकी भिनेत्री एजमीले आप्mनो उजुरीमा म्यानसनले शुरूमा आफूलाई अमेरिकामा काम लगाइदिने आश्वासनमा शारीरिक सम्बन्ध स्थापित गरेको र पछि आफ्नो साथ जबरजस्ती गरेको जनाएकी छिन्। उनले आफुमाथि कुटपिट मात्र नभई शारीरिक शोषणको समयमा आफ्नो गोप्य अंगमा चक्कुले काटिदिने गरेको समेत उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्