कोरोना अस्थायी अस्पतालमा भन्दा होम आईसोलेसनमा कोरोना संक्रमितको संख्या बढी



सञ्जय कार्की, रौतहट ।

रौतहटमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितका ५ जना बिरामीको मृत्यु भएको छ । यस संगै रौतहटमा मर्नेको संख्या ५१ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

उता स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको बीचमा भारत बाट घर फर्कनेको संख्या १ हजार ८ सय ८५ जना रहेका छन । कोरोना संक्रमितको संख्या दैनिक बढन थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा स्थानीय तहले अक्सिजन सहितको अस्थायी कोरोना अस्पतालको निर्माण गरेपनि अधिकास बिरामीहरु भने घरमै बसेका छन ।

कोरोना अस्थायी अस्पतालमा उपचारार्थ बिरामीको संख्या न्युन रहेको छ । जटिल बिरामीहरु भने उपचारको लागि बाहिरी जिल्ला बीरगज, चीतवनको भरतपुरका अस्पतालमा उपचारको लागि जाने गरेका छन । पछिल्लो समयमा ज्वरो, टाईफाईड र स्वास फेर्न असहज भएका बिरामीहरु सरकारी र नीजि अस्पतालमा उपचारको लागि पुगेपछि एन्टिजेन वा पिसीआर परिक्षण गरेर मात्रै भर्ना लिन थालेपछि अधिकास बिरामी होम आईसोलेसनमा बस्दै आएका छन । उनीहरु माथि निगरानी नगर्नाले कोरोना संक्रमण नियन्त्रणमा आउन कठिनाई भएको जनाइएको छ ।

रौतहटमा कोरोना संक्रमित बिरामीको संख्या अझै ६ सय ४६ जना रहेका छन भने होम आईसोलेसनमा मात्रै ६ सय २० जना रहेका छन । रौतहटका कोरोना संक्रमण बाट ७ सय ५१ जना बिरामी भएकामा ७५ जना निको भैसकेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए अनुसार गौर अस्पतालमा २० जना, चन्द्रपुर–२ मा रहेको शहिद पार्कको अस्पतालमा २ जना, चण्डिया हेल्पोष्टमा २ जना र परोहा अस्पतालमा १ जना कोरोना संक्रमित बिरामीहरु उपचारको लागि भर्ना भएका छन ।

पछिल्लो दिनमा रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि स्थानीय तहले सोही अनुसार कोरोना अस्थायी अस्पताल निर्माण गरेको जनाएको छ जसमध्ये चन्द्रपुर नगरपालिका सहित गुजरा, बृन्दाबन र गडिमाई नगरपालिकाले चन्द्रपुर–२ मा रहेको शहिद पार्कमा सुबिधा सम्पन्न ४६ बेडको कोरोना अस्थायी अस्पताल र गौर अस्पतालले ३२ बेड कोरोना वार्ड र १५ बेडको हाईडिपेडिन्सी र १० बेडको आईसोलेसन, गौर नगरपालिकाले गौर नर्सिङ्ग क्याम्पसमा १० बेडको र अन्य १३ स्थानीय तहले आ–आफनो पायक पर्ने स्थानमा ५ देखि १० बेडको रहेको छ ।

उता जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोनाको संक्रमण फैलन नदिन दोस्रो पटक निषेधाज्ञा जारी गरेर मानिसहरुको आवागमनमा कमी ल्याएको छ । जेष्ठ ७ गते सम्म जारी निषेधाज्ञामा सार्बजनिक यातायात र नीजि सबारी साधन लाई चल्न बाट पुर्णरुपमा रोक लगाएको छ भने फुटपाथ, खुल्ला ठाउ तथा ठेलागाडा वा साईकलमा एकै स्थानमा रोकी राखि संचालन हुने ब्यापार ब्यबसाय एबम कबाडी संकलनका साथै हाट बजार लाई संचालनमा पुर्णरुपमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले कोरोना संक्रमण नियन्त्रणको लागि प्रशासन क्रियाशिल रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्