प्रम ओलीलाई कोरोना नियन्त्रणमा केन्द्रीत हुन किरातीको अपिल



काठमाडौँ ।

लेखक तथा जसपाका युवा नेता मिलनकान्छा किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रणमा केन्द्रीत हुन अपिल गरेका छन । माइग्रेण्ट नेपाली युनियन एसिया प्यसिफिक कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधनगर्दै उनले भने, ‘सत्ता, शक्ति संघर्षको संसदीय फोहोरी खेल जनताले धेरै हेरे । कोरोनाले दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र बढ्दो छ ।

यस्तोबेला सत्ता प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको भूमिका पनि जनताले हेर्दैछन । प्रचण्डले निकाल्ने परिणाम पनि हेर्दैछन । महामारीले आक्रान्त यो अवस्थामा लकडाउन मात्र समाधान होइन । यो त झन विकराल समस्या हो । जनताको चित्कार र पुकार सुन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई म आग्रह गर्दछु । राज्यको सबैथोक शक्ति र साधन प्रयोग गरेर कोरोना महामारी नियन्त्रणमा केन्द्रीत हुन हार्दिक अपिल गर्दछु ।’उनले थपे, ‘ वहाँले फेरि संविधानतः एक महिनाभित्र विश्वासको मत लिनु पर्ने होला । काङ्ग्रेस, माओवादी सत्ता बाहिरका सबै दललाई के विनम्र आग्रह छभने यो एक महिना कोरोना महामारीसँग लड्न प्रधानमन्त्रीलाई सहयोग गर्नुहोस् । त्यसपछि आउने वहाँको प्रगति विवरण हेरेर समर्थन वा विरोध गर्दा नै विज्ञानसम्मत हुनजान्छ । यो समय सबै एकढिक्का भएर कोरोनासँग युद्ध लड्ने र हार्ने होइन, जित्ने समय हो ।’

जसपा फुट्नु हुदैन

जसपा फुटको संघारमा छ, अब के हुन्छ ? भन्ने एक जिज्ञासामा उक्त पार्टीको केन्द्रीय परिषद सदस्यसमेत रहेका किरातीले अहिले हरहालतमा जसपा फुट्नु नहुने यदि फुटिहाले यसको अस्तित्व समाप्त हुने बत्ताएका छन् । उनले भने, ‘हामी विभिन्न पार्टी र पृष्ठभूमिबाट एकठाउँ भेला भएका छौँ । सबैको आ–आफ्नै समस्या छ । विशेषता छ । विचार छ । यस्ता सानासाना गल्ती देखाएर पार्टी फुटाउन खोज्नेहरुले राजनीति गर्नुभन्दा घाँस काट्नु हलो जोत्नु नै उत्तम हुन्छ ।अहिलेसम्म हामीभित्र पुरानै आ आफ्नो कलर छ । नयाँ कलर आउन केही समय लाग्छ । दुई नदी मिसिएको देख्नु भएको छभने मिसिएर एक नदी भएर पनि निकै तलसम्म आ आफ्नै कलर लिएर बग्दछन् । केही घुम्ती, गोलाई र घागी पार गरेपछि एउटै कलरमा आउँछन । हाम्रो पार्टी पनि त्यहि अवस्थामा रहेको बुझिदिन आग्रह छ ।’किरातीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायत पन्ध्र सांसदहरु तथस्ट रहेको विषय पार्टीको कार्यकारिणी समितिको वैठकको निर्णय र व्यवस्था अनुसार नै भएकोले कोही उत्तेजित र अचम्मित नहुन पनि आग्रह गरेका छन् ।

विदेशमा रहेका नेपालीहरु बीचमा देश फर्क अभियान सञ्चालन गर्ने बत्ताएका छन । तीन आधार तीन तहमा सञ्चालन गरिने उक्त अभियान विश्वभर रहेका लाखौ नेपालीले तीन क्लिकमा सदस्यता लिनेदेखि लिएर सारा अभियानबारे जानकारी र देश फर्कन प्रोत्साहन हुन सकिने स्वरोजगार र व्यवसाायिक विविध विकल्पबारे थाहा पाउन सकिने उनले बत्ताए ।पार्टीका केन्द्रीय परिषद सदस्य तथा प्रवास प्रदेश उपाध्यक्षसमेत रहेका किरातीले फोन सम्पर्कमा भने, यो अभियान चलाउनेबारे केहि नेतृत्व साथीहरुसँग कुरा भइसकेको छ । संभवत उत्पादन विभागको जिम्मेवारी पाए त्यसैमा जोडेर अभियानलाई लाने सोँच हो ।

विदेशदेखि देश फर्क र सहरदेखि गाउँ फर्क टाइपले सञ्चालन गर्ने र आगामी दसकभित्र आर्थिक, सामाजिक अनि राजनैतिक रुपमा पहिलो शक्तिको पोजिसन सेट गरेर सबैखाले अभाव र समस्या हल गर्ने हो । उनले थपे, परिवर्तन र समृद्धि ल्याउन विदेशमा रहेका लाखौँ युवा देश फर्कनु पहिलो शर्त हुन आउँछ । सहरका लाखौ युवा व्यवसाायिक रुपले गाउँमा फर्कनु, त्यही होल्ड हुनु दोस्रो शर्त हो । हामी एप्स डिजाईनमा व्यस्त छौँ । हेरौँ, केके गर्न सकिन्छ ! गर्ने हो । समृद्धि हाम्रो पालामा ल्याउनै पर्छ भन्ने हो ।माइग्रेन्ट नेपाली युनियन, प्रवासी नेपाली लगानी वोर्डका केन्द्रीय संयोजकसमेत रहेका किरातीले विज्ञहरुसँग केही समयदेखि यहि विषय डिप्ली स्टडीमा रहेको बत्ताए ।

प्रतिक्रिया दिनुहोस्