ईदको अवसरमा स्वास्थ्य सामाग्री प्रदान



अमृत अर्याल, स्याङजा ।

इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्रको अवसर पारेर मुस्लिम युवाहरुले कोरोना नियन्त्रणका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कोरोना संक्रमणका कारण सबैजना मस्जिदमा भेला भएर मनाउने अवस्था नरहेका बेला मुस्लिम युवा क्वलका केही पदाधिकारीले कारागारमा आश्रित कैदीवन्दी , सुरक्षाकर्मी र लागु पदार्थ तथा एचआइभी एड्स नियन्त्रणका क्षेत्रमा कार्यरत संस्था जीवन बाटिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका हुन ।

क्लवबले १ हजार ६ सय वटा मास्क, २० वटा फेससील र १० लीटर सेनीटाइजर बितरण गरेको हो । क्लबले ट्राफिक कार्यालयलाई ५ सय वटा मास्क र १० वटा फेससिल, जीवन बाटिका नेपाललाई ५ सय वटा मास्क र १० वटा फेससिल र जिल्ला कारागारमा रहेका सुरक्षाकर्मी र बन्दीका लागि ६ सय वटा मास्क र १० लिटर सेनिटाईजर प्रदान गरिएको क्लवका अध्यक्ष सागिर अलीले जानकारी दिनुभयो ।

महामारीका रुपमा देखिएको कोरोना स्याङजामा पनि तिब्ररुपमा फैलिएको छ । क्लवका अध्यक्ष सागिर अली, सल्लाहकार द्धय मुन्ना शेख र अनुवर अली, संस्थापक सदस्य अहमद अलीले कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिएका ती स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । एकसाता अघि पनि क्लवले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, मुक्तिनाथ विकास बैंक र केही मुस्लिम बस्तीमा पुगेर ६ हजार ४ सय वटा मास्क, ३ सय ३० वटा फेससील र ८० लीटर सेनीटाइजर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्