वडाअध्यक्ष एवं नेपाल भाषाका गीतकार शाक्यलाई मातृशोक



न्युज अफ नेपाल, ललितपुर ।
ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष एवं नेपाल भाषाका तीन दर्जन भन्दा बढी गीतका रचनाकार निर्मलरत्न शाक्यलाई मातृशोक परेको छ ।

उहाँकी आमा धर्मलक्ष्मी शाक्यको ८० वर्षको उमेरमा बुधबार राति निधन भएको हो । कोरोना संक्रमणको उपचार गराउने क्रममा उहाँको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको थियो । दमको सामान्य रोगले गर्दा नियमित औषधी सेवन गर्दै आउनुभएका शाक्यलाई कोरोना पोजिटिभ भएपछि मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गीय शाक्यको विहीबार साँझ पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय शाक्यको छोरी तीन जना र दुई छोरा रहेको छ । वडाअध्यक्ष शाक्य जेठा छोरा हुनुहुन्छ । शाक्य नेपाल भाषा, संस्कृति र सम्पदा क्षेत्रको संरक्षणको साथै थ्री स्टार क्लब, नेपाल भाषा मंका खलः, लगायत दर्जनौं संघस्थामा आबद्ध हुनुहुन्छ । यसैबीच विभिन्न भाषिक, धार्मिक, संस्कृति सम्बद्ध संघसंस्थाले शोक वक्तव्य प्रकाशित गरी स्वर्गीय शाक्यप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकूल परिवारप्रति यस दुःखद घडिमा धैर्य धारण गर्न सकूँन भनि समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्