अक्सिजन अभावको कारण अस्पतालले धमाधम हात उठाउँदै



न्युज अफ नेपाल काठमाडौं ।

नेपाल कोरोना भाइरस संक्रमित बिरामीहरु दिनप्रति दिन बढ्दै गएपछि अस्पतालमा वेड, अक्सिजको अभाव भएको छ । अस्पताहरुले विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएको जानकारी गराएको छ ।

अस्पतालका अनुसार बिरामीको चााप बढ्दै गएपछि कम्तिमा  ५ सय सिलिण्डर असिजन आवश्यक हुन्छ । तर, सरकारले हरेक अस्पताललाई दिनमा एक सय सिलिण्डर अक्सिजन मात्र उपलब्ध गराएको छ ।

सरकारको यस निर्णयले अस्पताल बिरामीको सेवामा जुट्न नसक्ने जनाउँदै अस्पतालले भर्ना भएका बिरामीलाई समेत अब अक्सिजन पुर्‍याउन सक्ने स्थिति नरहेको उल्लेख गरेको छ । यस्तै नर्भिक अस्पताल , काठमाडौं मेडिकल कलेज , नेपाल मेडिकल कलेज, मेडीसीटी अस्पतालले विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएको जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्