अब फेसबुक विज्ञापन फिट इन्टरनेसनलमार्फत हुने



काठमाडौं, नेस

फिट इन्टरनेसनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ । नेपालमा पहिलोपटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ ।

फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महवपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनको भुक्तानी अनौपचारिक रूपमा गरिने हुनाले देशको अर्थ व्यवस्थामा हानी भइरहेको छ। फेसबुकको अनौपचारिक तथ्यांकअनुसार नेपाली व्यवसायीले फेसबुक विज्ञापनमा हरेक वर्ष करिब दुई अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब देखिँदैन।
फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापन अब इनभ्वाइस बिलिङमार्फत ट्र्याक गर्न सकिन्छ। अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सक्नेछ। यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउनसँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्