प्रथम र नेहाको भिडियो रोमान्स



गायक गायिका सुभाष पुरी र प्रविशा अधिकारीद्वारा स्वरबद्ध गीत सामिप्यता सार्वजनिक भएको छ। टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ।

गीतको म्युजिक भिडियोसमेत बनेको छ। यसको म्युजिक भिडियोमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङले अभिनय गरेका छन्। म्युजिक भिडियोमा प्रथम र नेहाले अनस्क्रिन रोमान्स गरेका छन्।फत्ता थापाद्वारा निर्मित गीतको म्युजिक भिडियो प्रथमले नै निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्