अक्सिजनको आपुर्ति गराउन नागरिक संस्था जुर्मुराए



विष्णु तिमिल्सिना, बर्दिया ।

कोभिड १९ को संक्रमण बढदै गइरहेको र पछिल्लो समयमा विरामीहरुको सख्या बृद्धि भई अक्सिजनको अभावले व्यक्तिहरुको मृत्यु समेत भएको हुँदा अक्सिजनको अभावले बर्दियामा कसैको पनि मृत्यु नहोस भनि अक्सिजनको आपुर्ति सहज व्यवस्थापनमा सहयोग पुरयाउने उदेश्यले नागरिक सस्थाहरुको सहभागीतामा अक्सिजन बैकको स्थापना गुलरियामा गरिएको छ । “मेरो लागी अक्सिजनमा मेरो योगदान” भन्ने नाराका साथ स्थापना गरिएको सो बैंक संचालनका लागी बर्दिया अक्सिजन बैंक संचालन तथा समन्वय समिति गुलरिया बर्दिया गठन गरिएको हो ।

समितिको संयोजकमा निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेल , उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे , बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष शम्भु रिजाल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य , होटल व्यवसायी सुधान्सुप्रकाश शर्मा , थारु महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक शोभाकान्त पौडेल र विपद व्यवस्थापन समितिका फोकल पर्सन नारायण ढकाल सदस्य रहनु भएको छ । साथै समितिको संरक्षकमा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र सल्लाहाकारका रुपमा गैरसरकारी सस्था महासंघका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना रहनु भएको छ ।

उक्त बैंकमा हाल सम्म विभिन्न दश जना व्यवसायिहरुले आफनो व्यवसायिक प्रयोजनको लागी राखिएका १६ वटा अक्सिजन शिलिन्डरहरु संकलन गरिएको र त्यस मध्ये २ वटा सिलिन्डर गुलरिया नगरपालिकालाई उपलव्ध गराई बाकि १४ वटा सिलिन्डर जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको अक्सिजन बैंकमा राखिएको जानकारी संयोजक भेषराज पौडेलले गराउनु भयो । ति सिलिन्डरहरु मध्ये ११ वट सिलिन्डर गुलरिया , ठाकुरबाबा, बारबर्दिया लगायतका नगरपालिकामा संचालित स्थानिय कोभिड अस्पतालहरुमा आपुर्ति गरिएको र दुइ पटक गरी २३ वटा शिलिन्डर रिफिल गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका कोभिड फोकल पर्सन नारायण ढकालले जानकारी दिनुभयो ।

बर्दिया जिल्लामा कोभिड संक्रमण भई जटिल अवस्था भएर बाँकेको भेरी अस्पताल , कोहलपुर मेडिकल कलेज लगायतका अस्पतालहरुमा विरामीहरुलाई पठाउदा आइसियु बेड खाली नभएको कारणले पालो पर्खेर वेड नपाई ज्यान समेत जाने गरेको अवस्थालाई ध्यानमा राख्दै स्थानिय अस्पतालहरुमै अक्सिजनको सहज आपुर्ति गराउन सके मानिसको ज्यान जोगाउन सकिने हुनाले अक्सिजन बैंकको सुरुवात गरिएको हो ।

अक्सिजन बैक संचालनका लागी इच्छुक व्यक्तिहरुले शिलिन्डर सहयोग जिल्ला प्रशासन कार्यालयमा रहेको शिलिन्डर बैंकमा बस्तुगत सहयोग गर्न सकिने तथा नगद सहयोग पनि गर्नका लागि राष्ट्रिय बाणिज्य बैकमा बैक खाता खोलिएको र आर्थिक पारदर्शिताका लागी बैंक मार्फत मात्र सहयोग लिने समितिका संयोजक भेषराज पौडलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्