प्रधानमन्त्रीको प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन : ठाकुर



न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफू प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि बोल्दै ठाकुरले आफू कुनै पक्षमा नभएको बताएका हुन् । सोही क्रममा ठाकुरले जेलमा रहेका आफ्ना सांसदबारे कुरा उठाउँदै भने,’ लोकतन्त्र आइसकेपछि पनि हामी पीडित अवस्थामा छौं । साथीहरू जेलमा छन्,’ ।

प्रतिक्रिया दिनुहोस्