कोरोना खोपका विषयमा सरकारमाथि हिलो छ्याप्ने काम भयो : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा सरकारमाथि हिलो छ्याप्ने काम भएको बताएका छन् ।

संसदको सोमबार बसेको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री अ‍ेलीले कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप मात्र भएको जनाउँदै यदि सो कार्य गरेको भए अक्षम्य हुने र छानबिन गरेर कारबाही गर्ने बताएका हुन् ।

‘कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भए ।’ उनले भने ,‘यस्तोमा पनि कसैले भ्रष्टाचार गर्छ भने यस्तो अपराध क्षम्य हुन्न । छानविन हुन्छ, कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्