अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते



A view of the damage at the scene of a bomb blast at the market in Kuje in Abuja, Nigeria, October 3, 2015. At least 15 people were killed and 41 injured in two suicide bomb attacks late on Friday on the outskirts of Nigeria’s capital Abuja, officials said. In Friday’s attacks, one of the bombs went off near a police station in the satellite town of Kuje, not far from the capital’s airport. REUTERS/Afolabi Sotunde

काबुल ।

युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग बिस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार भएका यी बिस्फोटमा अरु ३७ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोटबाट सर्वसाधारण हताहत भएका हुन् ।

आइतबार बेलुकीपख जाबुलको शहर–ए–साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोमबार बिहान परवान प्रान्तको पुल–ए–मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।

परवान अस्पतालका प्रमुख डा कासिम साङ्गिनले घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । उक्त घटनामा महिला र बालबालिका बढी घाइते भएका छन् ।

सरकारी पक्षले उक्त घटनाहरु तालिबान विद्रोही समूहले गराएको आरोप लगाए पनि तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्